जुनसुकै बेला सडक संघर्षमा : उपप्रधानमन्त्री यादव

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, २१ : १३
जुनसुकै बेला सडक संघर्षमा : उपप्रधानमन्त्री यादव

पोखरा । समाजवादी पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए जुनसुकै बेला सडक संघर्षमा उत्रने बताउनुभएको छ ।
सघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकतापछि बनेको समाजवादी पार्टीको पोखरामा भएको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रममा यादवले संविधान संशोधन गर्नकै लागि सरकारमा गएको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने अवस्था सिर्जना हुन सक्छ ।’ आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको उहाँको भनाइ थियो ।  उहाँले भन्नुभयो, ‘संविधान संशोधन नभए सडकमा जाने हो, तयारी भएर बस्नुहोला ।’
उहाँले भन्नुभयो, ‘अबको हाम्रो यात्रा संसदीय र गैरसंसदीय पनि हुन सक्छ । सडक संघर्ष मात्रै पनि हुन सक्छ ।’ उहाँले संघीयता अपुरो र उल्ट्याउने खेल भएको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, ‘संघीयतालाई कमजोर पार्ने अधिकार कसले दियो ? यहाँ कमजोर पारिँदै लगिएको छ ।’

प्रतिक्रिया दिनुहोस