टोर्नाडो पीडितलाई पोर्चुगलबाट सहयोग

सोमबार, ३० बैशाख २०७६, १६ : ५१
टोर्नाडो पीडितलाई पोर्चुगलबाट सहयोग

– भगवान गिरी
गत चैत महिनामा नेपालका बारापर्सालगायत तराईका  जिल्लामा आएको आँधीबेहेरी पीडितलाई पोर्तुगलबाट रु एक लाख चवालीस हजार ७८० आर्थिक सहयोग पठाइएको छ ।
नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा  प्रदेश नं २  मुख्यमन्त्री राहत कोषमा सो रकम पठाइएको समाजका पोर्चुगल अध्यक्ष सोमफुरी शेर्पाले जानकारी दिनुभयो । सो आँधीबेहेरीबाट २९ मानिसको  निधन, सयौंँ घाइते र करोडौँ धनमाल क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस