बलात्कारका घटनामा मिलापत्र हुँदैन : आइजिपी खनाल

बुधबार, २५ बैशाख २०७६, १६ : ३८
बलात्कारका घटनामा मिलापत्र हुँदैन : आइजिपी खनाल

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गर्नु भएको छ । 
उहाँले प्रहरी संगठनभित्र कारबाही मात्र नभई पुरस्कृत पनि गर्ने प्रचलनको सुरुवात भएको बताउँदै आफूले राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटनका लागि काभ्रे पुग्नु भएका खनालले भन्नुभयो, ‘काभ्रेमा गुण्डाहरु छन, उनीहरुले सम्मान थाप्न प्रहरीकोमा पनि आउँछन् भन्ने सुनिन्थ्यो, यदि त्यस्तो हो भने, त्यो रहनुहुँदैन ।’ 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय प्रमुख उद्धव केसी, डिआइजी दीपककुमार थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुलगायत उपस्थित थिए । हिरासतमा लिएको व्यक्तिलाई प्रहरीले थप सुधार गर्न पहल गर्नुपर्ने उनीहरूको सुझाव थियो ।
 

प्रतिक्रिया दिनुहोस