महालक्ष्मी विकास बैंकद्वारा गलेश्वर आश्रमलाई सिसि टिभी हस्तानानतरण

मंगलबार, २४ बैशाख २०७६, १९ : ३७
महालक्ष्मी विकास बैंकद्वारा गलेश्वर आश्रमलाई सिसि टिभी हस्तानानतरण

चितवन । महालक्ष्मी विकास बैंक लि.नारायणगढ शाखाले देवघाटमा रहेको गलेश्वर आश्रमलाई सिसि टिभी हस्तानानतरण गरेको छ । 
चितवन र तनहुँको संगम पवित्र स्थल देवघाटस्थित गलेश्वर आश्रममा रहेको पशुपति मन्दिर वृद्व आश्रम तथा वेद वेदान्ग विद्यालयमा निगरानी गर्न सजिलो होस भनेर नौ थान सिसि टिभी हस्तानानतरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सो सामान आज एक औपचारीक कार्यक्रमबीच हस्तानानतरण गरिएको हो ।
हस्तानानतरण कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी समितीका सदस्य श्री डा. चन्द्रवहादुर श्रेष्ठ प्रमुख अतिथी रहेका थिए भने  देवघाट क्षेत्र विकास समितीका अध्यक्ष शिव पौडेल, देवघाट क्षेत्र विकास समितीका कार्यकारी निर्देशक धिरन बाबु घिमिरे, देवघाट गाउ विकास समितीका अध्यक्ष, राजनितीक दलका प्रतिनिधि, महालक्ष्मी विकास बैैंक नारायणगढ शाखा प्रवन्धक विरेन्द्र कुमार लगायतको सहभागिता रहेको थियो । 
प्रमुख अतिथि राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी समितीका सदस्य डा. श्रेष्ठद्वारा आश्रमका पिठाधिसलाई हस्तानानतरण गरिएको थियो । सो अवसरमा प्रमुख अतिथी डा. चन्द्रवहादुर श्रेष्ठले बैंकको यस्ता किसीमको सहयोगले समाजिक विकासमा थप सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी उक्त कार्यक्रममा बोल्दै देवघाट क्षेत्र विकास समितीका कार्यकारी निर्देशक धिरन घिमिरेले महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले समाजिक उत्तरदायित्व अन्तरर्गत गरेको सहयोगको खुलेर प्रशंसा गनुभएको थियो ।
महालक्ष्मी विकास बैंकका शाखा प्रवन्धक विरेन्द्र कुमार चौधरीले नेपालको पुजी, निक्षेप, कर्जाको आधारमा बंैक नेपालको अग्रणी रहेको भन्दै बैंकको ९३ वटै शाखाबाट आधुनिक बैकिङ्ग प्राणालीमा कारोवार हुने बताउनुभयो । कार्यक्रममा गलेश्वर आश्रमका पिडाधिस अनन्त विभुसित महामण्डलेश्वर स्वामी आत्मानन्द्र गिरीजि महाराजको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस