राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गर्ने हेडमास्टर पक्राउ

मंगलबार, २४ बैशाख २०७६, १५ : ०६
राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गर्ने हेडमास्टर पक्राउ

सिन्धुपाल्चोक । सामाजिक संजालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जना प्रधाननाध्यापक पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो । 
तस्वीर अतिरञ्जित गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाई रहेका प्रहरीले जानकारी दिएको छ ।  अपराध महाशाखाको पक्राउ गर्ने निर्देशनपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस