विश्व बैंकद्धारा ४४ अर्ब ८२ करोड अनुदान सहायता

आइतबार, ०७ माघ २०७४, १७ : १९
विश्व बैंकद्धारा ४४ अर्ब  ८२ करोड अनुदान सहायता

काठमाडौं । विश्व वैंकले करिव ४४ अरव ८२ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । बैंकले व्यवसायिक शिक्षा तथा प्रशिक्षण परियोजना र भूकम्पपछिको पुनर्निर्माणका लागि ४४ अरव ८२ करोड आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरेको हो ।

आईतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थ सचिव शंकरप्रसाद अधिकारी र वैंकका राष्ट्रिय निर्देशक क्विमियो फानबीच सो अनुदान सहायता समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार करिव ३१ अरव बजेट भूकम्पपछिको पुनर्निर्माणको कामका लगानी गरिने अर्थ मन्त्रालया सचिव अधिकारीले जानकारी दिए ।
विश्व बैंकले भूकम्पले क्षति पुर्‍याएका नुवाकोट, धादिङ र दोलखाका ९६ हजार आवास निर्माणमा लगानी गर्ने यस अघि नै समझदारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस