भरतपुर । चितवनमा फेरि अर्की एक बालिका आफनै बुबाबाट बलात्कृत भएकी छन् । कालिका नगरपालिका निवासी एक बालिकालाई विगत ४ वर्षदेखि आफनै बाबुले बलात्कार गरेको बिहीबार पत्ता लागेको हो ।
आमा वैदेशिक रोजगारीमा गएपछि आफनै बुबाले लगातार बलात्कार गरेको पीडित बालिकाले आफू अध्ययन गर्ने विद्यालयकी शिक्षिकालाई बताएपछि यो घटना सार्वजनिक भएको हो ।
पीडक बुबालाई गत बिहीबार नै प्रहरीले हिरासतमा राखी अनुसन्धान गरेको छ ।
१४ वर्षिय बालिकालाई अहिले माईती नेपालले आफनो संरक्षण राखेको छ । आफूलाई बुबाले बलात्कार गरेको कुरा मामाघरमा हजुरआमा लगायतलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया नजनाएको पीडित बालिकाले जानकारी दिएको माईती नेपाल चितवनका संयोजक ईश्वर गिरीले जानकारी दिनु भयो ।
यसअघि चितवनकै खैरहनीमा १४ वर्षिय बालिका आफ्नै बुबाबाट बलात्कृत भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस