राष्ट्रपतिको ‘मेरो सरकार’ बारे साहित्यकार खगेन्द्रको व्यङ्ग्य : प्रम ओली विद्यादेवी भण्डारीका प्रजा भएछन्

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १९ : २८
राष्ट्रपतिको ‘मेरो सरकार’ बारे साहित्यकार खगेन्द्रको व्यङ्ग्य : प्रम ओली विद्यादेवी भण्डारीका प्रजा भएछन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आफ्नो संंवोधनमा मेरो सरकार भनेको विषयमा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला व्यङ्ग्य गरेका छन् । उनले राष्ट्रपतिलाई महारानी घोषित गरौं भन्ने खालको विचार राखेका छन् । 

संग्रौलाले ट्वीटमा लेखेका छन्, ‘बल्ल आयो पारा ! पहिले श्री ५ को सरकार छँदा राजा 'मेरो सरकार' भन्थे । अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क 'मेरो सरका' भनिन् ।भनेसि प्रम ओली विद्या सरकारका प्रजा भएछन् । म त भन्छु– तै तै विद्यालाई महारानी घोषित किन नगर्ने ? माग्नु छ मोही, ढुंग्रो किन लुकाउने ?

धेरैले राष्ट्रपतिको मेरो सरकार सम्बोधनलाई राजतन्त्रको छनक आएको भन्दै विरोध र आलोचना समेत गरिरहेका छन् ।
हिजो संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति  विद्यादेवी भण्डारीले मेरो सरकार भनेपछी यो विषयले निकै चर्चा पाएको छ । 

 

बल्ल अायाे पारा!पहिले श्री ५ काे सरकार छँदा राजा "मेराे सरकार" भन्थे।अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क "मेराे सरकार" भनिन्।भनेसि प्रम अाेली विद्या सरकारका प्रजा भएछन्।म त भन्छु-तै तै विद्यालाई महारानी घाेषित किन नगर्ने?माग्नु छ माेही,ढुंग्राे किन लुकाउने? — Khagendra Sangroula (@belakoboli) May 3, 2019

प्रतिक्रिया दिनुहोस