ब्राह्मण समाज चितवनको ५ औं वार्षिक साधारणसभा सम्पन्न, नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड

सफल खबर संवाददाता

शनिबार, २१ बैशाख २०७६, १५ : १६
ब्राह्मण समाज चितवनको ५ औं वार्षिक साधारणसभा सम्पन्न, नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड

- शंकर निर्देश 
चितवन । देशलाई यथाशिघ्र हिन्दु राष्ट्रका रुपमा घोषणा गरिनुपर्ने माग गर्दै आएको ब्राह्मण समाज चितवनले हिन्दु राष्ट्र कायम नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको छ । ब्राह्मण समाज चितवनले आईतबार भरतपुरमा गरेको आप्mनो ५ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले हिन्दु राष्ट्रका पक्षमा निर्णय नभएसम्म आफुहरुको विभिन्न चरणको कार्यक्रम यथावतै रहने उनीहरुले बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले देशलाई हिन्दु राष्ट्र बनाएरै छोड्ने दावी समेत गरेका छन् । उनीहरुले आप्mनो माग पुरा नभए अझ शसक्त रुपमा प्रस्तुत हुनेमा जोड दिएका छन् । 

५ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि ब्राह्मण समाजका केन्द्रिय सह अध्यक्ष रोमणि पाठकले नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागी सम्पूर्ण ओमकार परिवार एकजुट हुनुपर्ने बताउनुभएको थियो । सम्पूर्ण ओमकार परिवार एकजुट नभएमा देशलाई हिन्दु राष्ट्र बनाउनका लागी कठिन हुने तर्क गर्नुभयो । 

सो कार्यक्रममा ब्राह्मण समाजकी केन्द्रिय सदस्य पार्वती भण्डारी, केन्द्रिय सदस्य विष्णुमाया पाण्डे, केन्द्रिय सदस्य टेकराज पौडेल, प्रदेश नं. ३ का उपाध्यक्ष धुव्रराज शर्मा अर्याल, पूर्व जिल्ला अध्यक्ष एवम् सल्लाहाकार समिति संयोजक काशीराम शर्मा पौडेल, भरतपुर नगर अध्यक्ष माया देवी पाठक, दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी लगायतको सहभागीता रहेको ब्राह्मण समाज चितवनका जिल्ला सदस्य एवम् प्रचार प्रसार समिति संयोजक शंकर निर्देशले जानकारी दिनुभयो ।

समाजका सचिव धनश्याम अधिाकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम ब्राह्मण समाज चितवनका अध्यक्ष रुद्र प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस