डोल्पा । डोल्पामा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी ब्यथाले छट्पटाइरहेकी जगदुल्ला गाउँपालिका– ५ की २७ वर्षीया रत्ना बोहोरालाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उहाँलाई लामो प्रशव ब्यथा लागेर पनि सुत्केरी हुन नसकेपछि कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीको पहलमा हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको छ । गाउँपालिकाबाट जिल्ला अस्पतालमा पु¥याउन दुई दिन लाग्ने भएकाले बोहोरालाई सुरक्षित रुपमा सुत्केरी गराउन उद्धार गरेर सुर्खेत लैजानका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले हेलिकोप्टर पठाएको थियो । रासस
प्रतिक्रिया दिनुहोस