यी हुन् खारेज भएका १० म्यानपावर कम्पनी (नामसहित)

मंगलबार, १७ बैशाख २०७६, १६ : ३८
यी हुन् खारेज भएका १० म्यानपावर कम्पनी (नामसहित)

काठमाडौं । नवीकरण नभएका देशका १० वटा म्यानपावर कम्पनी खारेज भएका छन्। समयमा नवीकरण नगर्ने तथा गल्ती दोहोर्याइरहने म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको वैदेशिक रोजगार विभागले जनाएको हो।

विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालि खारेज भएका हुन्।

यसैगरी इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि खारेजीमा परेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस