ढोका फोरेर बलात्कार गरेकै अवस्थामा कांग्रेस नेता अर्याल पक्राउ

सोमबार, १६ बैशाख २०७६, १८ : १६
ढोका फोरेर बलात्कार गरेकै अवस्थामा कांग्रेस नेता अर्याल पक्राउ

काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याल बलात्कार अर्थात् जबरजस्ती करणीको अभियोगमा काठमाडौँको गोंगबुबाट पक्राउ परेका छन्।गत चैत २२ गते शुक्रबार मध्यराति गोंगबुको एक युवतीको कोठामा ढोका फोरेर बलात्कार गर्न पुगेका अर्याल प्रहरीबाट घटनास्थलमै पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोंगबुमा डेरा गरी बस्ने एक युवतीकोमा रमेश अर्याल मध्यरातको १२ बजे ढोका फोरेर प्रवेश गरेर बलात्कार गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ परेका हुन्।

युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले बताए। युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएपछि उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।यद्यपि प्रहरीले राजुलाई घटनास्थलमा नभेटेको जनाएको छ।

स्रोतका अनुसार अर्यालले विभिन्न बहानामा ती युवतीलाई पटकपटक बलात्कार गर्दै आएका थिए। पक्राउ परेको राति अर्यालले ती युवतीलाइ निर्घात कुटपिटसमेत गरेका थिए। अर्यालले आफ्नो हत्याकै प्रयास गरेपछि प्रहरीलाइ खबर गरेको बुझिएको छ।आफ्ना नेता बलात्कारको अभियोगमा घटनास्थलबाटै पक्राउ परेपछि नुवाकोटका कांग्रेसका शीर्ष नेताले उनलाई छुटाउनका लागि प्रयास गरेका थिए।

तर, सफल भएनन्। बलात्कारको अभियोग लागेका अर्याल निर्दोष रहेको र किटानी जाहेरी दिने उनको प्रेमिका भन्दै अनेक प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ।घटनाका सम्बन्धमा शक्ति समूहले समेत चासो लिएपछि प्रहरीले समेत कांग्रेस नेताहरूलाई कुनै सहयोग गर्न नसक्नेरनमिल्ने भन्दै कानून अनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने बताएका थिए।

विदुर नगरपालिका साविकको खड्गभञ्ज्याङ गाविस वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका अर्याल नेपाली कांग्रेस नुवाकोटका आमन्त्रित सदस्य हुन्। उनलाई पार्टी साभापति जगदिश्वरनरसिंह केसीले आमन्त्रित सदस्यको रूपमा गत मंसीरमा मनोनित गरेका थिए।उनी रणभूवनेश्वरी क्याम्पस देवीघाटको अध्यक्ष र शिखर इन्स्योरेन्सको बट्टार शाखाका प्रमुख समेत हुन्। यस्तो छ नेपाली कांग्रेसले रमेश अर्याललाई आमन्त्रित सदस्यको रूपमा मनोनया गरेको पत्र।

प्रतिक्रिया दिनुहोस