भक्तपुर । बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा भक्तपुरमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस