चितवन । भरतपुर महानगरपालिकाले महानगरका वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरुका लागि सूचना प्रविधि, क्षमता विकास तथा जीवन व्यवस्थापनसम्बन्धी दुईदिने तालिम दिएको छ ।
सूचना प्रविधिमा जनप्रतिनिधिहरुको पहँच पुग्न सकोस् भन्ने उद्देश्यले आयोजित कार्यशालामा आर्ट अफ लिभिङका पवन नेपाल, मानव सेवा आश्रमका रामजी अधिकारीलगायतले जीवन व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा कोरियाका इन्टरनेसनल माइन्ड एजुकेसन इन्स्टिच्युट नेपालका प्रतिनिधि बेन्को पार्क, क्यान चितवनका अध्यक्ष भानु शर्मा, ठकराल वान नेपालका उपाध्यक्ष विशाल पौडेल, माइक्रोसफ्टका एक्सपर्ट प्रशान्त देवाजुलगायत महानगरका सूचना र प्रविधि शाखाका रामकुमार अधिकारी, मेनुका पण्डितसहित महानगरका कर्मचारीहरु, अनुज घिमिरे, असीम रेग्मी, सुभद्रा पुडासैनी र अर्जुन पौडेललगायतले सूचना र प्रविधिबारे प्रशिक्षण दिएका थिए ।
पश्चिम चितवनको पर्यटकीय क्षेत्र भरतपुर २२ पटिहानीमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिवहरु कुलबहादुर जिसी, सृजना थपलिया, नवौँ तहका अधिकृत ठाकुरप्र्रसाद पोडेललगायत वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले तालिम लिएका थिए ।
कार्यक्रमको समापन गर्दै महानगरका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जनप्रतिनिधिहरुका लागि यस्ता कार्यक्रमले थप ऊर्जा प्रदान गर्न सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस