खुलामञ्चको टहरामा डोजर चल्यो, पसलेको रुवाबासी

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, १५ : ११
खुलामञ्चको टहरामा डोजर चल्यो, पसलेको रुवाबासी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि पसलेहरुमा भागाभाग र रुवाबासी भएको थियो । 
खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएपछि स्थानीयबाट व्यापक दबाब आएपछि  काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाएको हो ।
महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर खुलामञ्च प्रवेश गरेर पसलहरुमा डोजर चलाइएको बताए । महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएको छ । खुलामञ्चभित्र ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन भएको थियो । 
डोजर लगाउँदा खुल्लामञ्च वरिपरि प्रहरी परिचालन गरेर सर्वसाधारणलाई भित्र जान दिइएको थिइएन । तर, पसलवालाहरु र पत्रकारलाई भने प्रवेह दिइएको थियो । पसलेहरुले सामान निकाल्न महानगरपालिकाले पर्याप्त समय नदिएको भन्दै गुनासो पोखेका थिए ।

तस्बिर : कृष्ण खड्का 

प्रतिक्रिया दिनुहोस