काँग्रेसमा देउवा –कोइराला विवाद चर्कियो

वेल्जियमको जनसंपर्क समितिका विषयलाई लिएर आरोप– प्रत्यारोप

सफल खबर संवाददाता

शुक्रबार, १३ बैशाख २०७६, ०७ : ५४
काँग्रेसमा देउवा –कोइराला विवाद चर्कियो

काठमाडौं । प्रतिपक्षी काग्रेसमा देशभित्रकै पार्टी संरचना र जनसंगठन लथालिंग वनिरहेका वेला देशवाहिरको एउटा जनसम्र्पक समितिको विषयलाई लिएर पार्टी सभापति र महामन्त्रीका वीचमा विवाद चर्किएको छ ।  

पार्टीको निर्वाचित कार्यसमिति विधान विपरित विघटन गरेको भन्दै पार्टी सभापति शेरवहादुर देउवा र महामन्त्री डा शसांक कोइरालावीच विवाद वढेको हो ।

देउवाको निर्देशनमा वेल्जियमस्थित पार्टीको जनसम्र्पक समितिको निर्वाचित कार्यसमिति विघटन भएपछि दुई नेतावीच विवदा चर्किएको छ । विवाद वढेसागै त्यहाँ काग्रेसको दुईवटा जनसम्र्पक कमिटि वनेको छ ।  देउवाले जनसम्र्पक समितिको निर्वाचित कार्यसमिति विघटन गरेर तर्दथ समिति वनाएका छन् । तर्दथ समिति वनाएको भोलिपल्टै महामन्त्री कोइरालाले उक्त कार्य विधान विपरित भएको भन्दै निर्वाचित कमिटिलाई नै काम गर्न निर्देशन दिएका छन् ।

वेल्जियममा काग्रेसको निर्वाचित कमिटि अध्यक्ष सीता सापकोटा थिइन् । देउवाले उनको कमिटि विघटन गरेर माधव सापकोटाको नेतृत्वमा छुटटै ६९ सदस्यीय कमिटिको घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीभित्रै अर्का तेश्रो धार निर्माण गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले पनि  सभापति देउवाले निर्वाचित कार्यसमिति विघटन गरी तर्दथ समिति वनाएको  कार्यको विराधे गरेका छन् ।

उनीहरुले पनि सभापतिले विधान विपरितको काम गरेको वताएका छन् । पार्टी केन्द्रीय कार्यालयले त्यहाँको विवाद मिलाएर अधिवेशन गराउन केन्द्रीय प्रतिनिधीका रुपमा आमन्त्रित सदस्य किरणराज पौडेललाई वेल्जियम पठाएको थियो ।

३३ दिन वेल्जियम वस्दा पनि उनले विवाद मिलाउन नसकेपछि निर्वाचित कार्यसमिति विघटन भएको निर्देशन दिएर पौडेल स्वदेश फर्केका थिए । उनकै सिफारिसका आधारमा वैशाख १० गते पार्टी कार्यलयका मुख्य सचिव कृष्ण पौडेलले विज्ञेप्ती जारी गदै सीता सापकोटा नेतृत्वको निर्वाचित कमिटि विघटन भएको र माधव सापकोटाको नेतृत्वमा ६९ सदस्यीय तर्दथ समिति गठन गरेको निर्णय वाहिर ल्याएका थिए ।

सभापति देउवाकै निर्देशनमा निर्वाचित कमिटि विघटन गरेपछि महामन्त्री कोइरालाले केन्द्रीय प्रतिनिधी पौडेल र पार्टी केन्द्रीय कार्यालयद्दारा जारी पत्र विधान विपरित भएको भन्दै सीता सापकोटा नेतृत्वमा रहेको कमिटिलाई नै अधिवेशन तयारी गर्न निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस