मनमोहन अधिकारीको २० औं स्मृति दिवस

यस्ता थिए नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, १३ बैशाख २०७६, ०७ : २३
यस्ता थिए नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री

काठमाडौं । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २० औं स्मृती दिवस हो । अधिकारी पूवै प्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा तथा राजनीतिज्ञ थिए । उनी १९२० जुन ९ मा काठमाडौंको लाजिम्पाटमा जन्मिएका थिए ।

तर उनले आफनो वाल्यकाल विराटनगरमा विताएका थिए । सन् १९३८ मा उनी पढनका लागि वनारस गएका थिए । त्यही उनी भारतमा भारतीय जनताले अग्रेज शासनविरुद्द चलाइको स्वतन्त्रताको आन्दोलनमा सहभागिता जनाए । भारतमा चलेको त्यो आन्दोलनमा नेपाली विद्यार्थीहरुलाई पनि प्रभाव पारेको थियो । उनी आन्दोलनमा सहभागी मात्र भएनन, पहिलोपटक अग्रेज हरुले अधिकारीलाई पक्राउ गरी जेलमा समेत राखेको थियो ।

जेलमा वस्दा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्र्पकमा पुगेका उनी त्यसको ५ वर्षसम्म भारतकै विभिन्न राजनीतिक क्षेत्रका काममा सक्रिय भए । त्यस पछि भने उनी नेपालमा फर्केर आफ्नै देशमा राजनीति गर्ने उदेश्यले स्वदेश फर्के । विराटनगर कटन मिल्समा केमिष्टमा मजदुरी गदै राजनीतिमा सक्रिय हुन थाले ।

अधिकारीले २००३ सालको विराटनगरमा भएको मजदुर आन्दोलनको नेतृत्व सम्हाले । मजदुर आन्दोलनकै क्रममा उनले तीन वर्ष त्यसवेला जेल जिवन विताएको नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे वताउँछन् ।

उनका अनुसार, जेलवाट निस्केपछि अधिकारी नेपाल कम्युनिष्ट पार्टीसाग नजिक भए र फेरि २००७ सालमा राणा विरोधी आन्दोलनमा सहभागी भएको आरोपमा जेल परे । १२ दिनपछि छुटेका अधिकारी त्यसपछि पार्टीभित्र पनि प्रभावशाली देखिदै आए । २०२० मा भएको नेकपाको महाधिवशेनवाट महासचिव चुनिए ।

महासचिव भएपछि उपचारका लागि चीन गएका अधिकारी नेपाल फर्कदा सम्म नेपालको राजनीतिमा उथलपुथल आईसकेको थियो । मनमोहनको पार्टीभित्रै विभिन्न गुटउपगुट हुन थालिसकेको थियो ।

त्यसपछि अधिकारी लगायतले छुटटै दल नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) खाृले र त्यसको उनी महासचिव वनेका थिए । २०४६ मा जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका अधिकारी पक्राउ परे त्यसवेला पनि । आन्दोलन सफल भएपछि मात्र उनी जेलमुक्त भएका थिए ।

२०४६ को जनआन्दोलन पछि मदन भण्डारीले नेतृत्व् गरेको नेकपा माले र अधिकारीले नेतृत्व् गरेको नेकपा माक्र्सवादी वीच पार्टी एकता भयो । त्यसपछि वन्यो, नेकपा (एमाले) उनी पार्टी अध्यक्ष र भण्डारी पार्टी महासचिव वने ।

त्यसपछि २०५१ मा भएको मध्यावधी निर्वाचनमा उनको पार्टीले २०५ निर्वाचन क्षेत्रमध्ये ८१ स्थानमा विजय हासिल ग¥यो ।ठूलो पार्टीका रुपमा अल्पमतको सरकार वन्यो, अधिकारी देशको ३१ औं प्रधानमन्त्री वने । उनी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री वने । तर उनले लामो समय सरकारको नेतृत्व् गर्न पाएनन । ९ महिनामै उनको सरकार ढल्यो । उनकै सरकारका पालामा आफनो गाउ आफै वनाउ, वृद्दभत्ता दिने जस्ता लोकप्रिया कार्यक्रम आयो ।

२०५६ को निर्वाचनपछि पनि एमाले वलियो वन्ने सम्भावना थियो । जनताहरु अधिकारी प्रधानमन्त्री भएको फेरि हेर्न चाहिरहेका थिए । तर चुनावी अभियानकै क्रममा उनी विरामी परे र २०५६ वैशाख १३ अर्थात आजकै दिनमा उनको मृत्यु भयो ।

 

नेता पाण्डे अधिकारीको योगदानको स्मरण गदै आजको दिनमा उहाको सपना पूरा गराउने दिशामा एकीकृत भएको नेकपाले प्रण गर्नुपर्ने वताउँछन् । अधिकारीको स्मृतिमा नेकपाले आज आ आफनो सापेक्षतामा विभिन्न कार्यक्रम गरी मनाउने तयारी पनि गरेको छ । केन्द्रीय ठोस कार्यक्रम नभए पनि स्थानिय सापेक्षतामा अधिकारीलाई नेकपा नेताहरुले स्म्रण गर्न खोजेका छन् । 

प्रतिक्रिया दिनुहोस