एनआईसी एशिया बैंकको ५ नयाँ शाखा संचालनमा

सफल खबर संवाददाता

बुधबार, ११ बैशाख २०७६, १८ : ५७
एनआईसी एशिया बैंकको ५ नयाँ शाखा संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा नयाँ शाखा संचालनमा ल्याएको छ ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चद्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकमा र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस