काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी मुलुक चीनको राजकीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गदैछिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोश्रो अन्र्तराष्टिय सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
भण्डारीको चीन भ्रमण ९ दिने हुनेछ । ३७ देशका सरकार तथा राष्ट प्रमुखको सहभागिता रहने उक्त सम्मेलनमा चीनले राष्टपति भण्डारीलाई पनि स्वागत गर्न लागेको हो । भण्डारीसँग ५० जनाको जम्वो भ्रम्ण टोली साथमा हुनेछन् । टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन् । यसबाहेक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा बीआरआईकै अन्यखाले छलफलका लागि चीन सरकारको निम्तोमा चीन जादैछन ।
गणतन्त्र स्थापनापछि चीनले नेपालका राष्टपतिलाई पहिलो पटक चीन्मा औपचाकिर स्वागत गर्न लागेको हो । यस अगाडीका राष्टपति डा रामवरण यादवले चीनको आतिथ्यता स्वीकार गर्न पाएका थिएनन । भण्डारीले बीआरआई सम्मेलनमा नेपालको चासोबारे औपचारिक सम्बोधन समेत गर्नेछिन् ।
भण्डारीको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने विषयमा छलफल गर्ने गरी तयारी गरेको छ । वीआरआईमा वेइजिङपुग्ने पाहुनामध्ये सवैभन्दा लामो चीन वसाई पनि राष्टपति भण्डारीकै हुने भएको छ ।
उनी आजै विहान नेपाल एयरलाइन्सको चार्टड उडानवाट चीन जान लागेकी छिन् ।
नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ ।
राष्ट्रपतिको भ्रमणका वेला ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने प्रस्ताव नेपालको हुने छ । त्यस्तै, नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्ताव पनि नेपालले चीन समक्ष राख्न लागेको छ । विभिन्न ३५ परियोजनामध्येवाट प्राथमिकता सूचिका आधारमा ९ ओटा परियोजनालाई नेपालले प्राथमिकता दिन खोजेपनि भण्डारीको चीन भ्रमणका क्रममा चीनले मदन भण्डारी पोलिटेक्निक इन्स्टिच्युटलाई सघाउनेबाहेक अरू प्रस्तावलाई अघि बढाउने संकेत नदेखाएको कुटनीतिक क्षेत्रका विज्ञहरुले वताउाछन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर समेत हुनेछ । राष्टपति सीले आयोजना गर्ने राउण्ड टेवुल छलफलमा पनि भयडारीले सम्वोधन गर्नेछिन् ।
राष्ट्रपति भण्डारीले वेइजिङमा हर्टिकल्चर एक्स्पोको उदघाटन गर्नेछिन । ६ महिनासम्म चल्ने उक्त एक्स्पोमा नेपालका स्टलको पनि उनले त्यस अवसरमा अवलोकन गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ । सम्मेलन सकिएपछि भण्डारी ल्हासा हुदै स्वदेश फर्किनेछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ बैशाख २०७६, ०८ : २७
लेखकबाट थप