लोकतन्त्र दिवस

आज लोकतन्त्र दिवस : कसले कसरी सम्झिन्छन् ?

सफल खबर संवाददाता

बुधबार, ११ बैशाख २०७६, ०७ : ४०
आज लोकतन्त्र दिवस : कसले कसरी सम्झिन्छन् ?

तस्बिर : गूगल

काठमाडौं । आज १४ औं लोकतन्त्र दिवस । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते । मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाउने तयारी भएको छ ।

२०६२÷०६३ को जनआन्दोलन पछि अन्ततः तत्कालिन राजा ज्ञानेन्द्र शाहले वैशाख ११ गते संसद् पुनःस्थापना गरेका थिए । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादी र संसदवादी राजनीतिक दलको संयुक्त आन्दोलनले सफलता पाएको दिनका रुपमा यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइदै आईएको छ ।

माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरण र सामान्ती राजतन्त्रको अन्त्यका लागि यो आन्दोलन महत्वपूर्ण आन्दोलन थियो ।

यसैका जगमा तत्कालीन नेकपा (माआवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।

देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको तय गरेको थियो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता महत्वपूर्ण उपलब्धी यसले वोकेर आयो । संविधानसभावाट संविधान निर्माण भयो ।

जनताको सङ्घर्षले दल तथा नेतालाई राज्य सत्तामा पु‍¥याएपनि राजनीतिक दलहरुले आफनो चरित्र भने परिवर्तन गर्न नसकेको अनुभूति जनताले अहिले फेरि गर्न थालेका छन् । दलहरुको चरित्र पूरानै सामान्ती चरित्र देखिन थालेको छ । आफनो चरित्र फेर्न नसक्नु, भष्टाचार वढन्, जनतालाई राहातको प्रत्यक्ष अनुभूत हुन नसक्नु र जनआन्दोलनमा योगदान गर्नेलाई बेवास्ता गरिनुले जनआन्दोलनका घाइते तथा सहिद परिवारका सदस्यको भावनामा ठेस समेत लाग्न पुगेको छ ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल लोकतन्त्र पछिको राज्यले पनि जनताको अपेक्षा अनुसारको डेलिभरी दिन नसकेको वताउँछन् । ‘दोस्रो जनआन्दोलनकै जगमा मुलुकको राजनीति अघि बढिरहेको छ । संविधान निर्माणसँगै तीन चरणको निर्वाचन भए पनि जनतामा ‘डेलिभरी’ दिन सकेको छैन, खनालले सफल खवरसँग कुरा गदै भने, ‘सिस्टमले डेलिभरी गर्न सकेको छैन, समय छ, यो सिस्टमले राम्रो नतिजा ल्यायो भने हामी ठोस रूपमै स्थायित्वमा जान्छौं ।’

तत्कालिन समयमा आन्दोलनमा सहभागी मध्येका एक नेता भरतविमल यादव माओवादीसँग १२ वुादे सहमति पछि मात्र आन्दोलनले गति लिएर आन्दोलन सफलतामा टुंगिएको अहिले स्मरण गर्छन् ।

माओवादीसाग तत्कालिन संसदवादी दलहरुले १२ वुादे सहमति नगरुन्जेल संसदवादी दलहरुको आन्दोलनले कनै गति पक्डिनै नसकेको स्मरण गदै यादवलेसंसदवादी र माओवादीको मिलन पछि मात्रै आन्दोलन सफल हुन पुगेको बताए ।

‘माओवादीसँग १२ बुँदे सम्झौता भयो । त्यसपछि उनीहरूले सहरको आन्दोलनमा मानिस पठाउन थाले । त्यसपछि मात्र आन्दोलनले उचाइ लिएको हो । २०६२÷६३ सालको आन्दोलनमा माओवादीले गाउँगाउँबाट मानिस पठाएको थियो । हामीले नेतृत्व गरेका हौं । माओवादीका नेता सहरमा आएर नेतृत्व गर्न सक्ने अवस्थामा थिएनन् । प्रतिबन्ध लगाइएको थियो । माओवादी कार्यकर्ता र जनता काठमाडौं आएपछि आन्दोलन सफल भएको हो ।’ नेता यादवले सफलखवरसँग कुरा गदै भने ।

मानव अधिकारवादी नेता कृष्ण पहाडी कुसासन लोकतन्त्रका लागि खतरा भएको तर्क गर्छन् । एकपटक उन्मुलन भएपछि राणा शासन, पञ्चायत नदोहोरिएको भन्दै उनी अहिले केहीले राजतन्त्र फर्काउन खोजेपनि सफल नहुने वताउँछन् । ‘इतिहासको लय हेर्दा ठोकुवा गरेर भन्न सकिन्छ, अव राजतन्त्र फर्किदैन । इतिहासका एउटा अज्ञानी जथ्था राजतन्त्रको पूर्नस्थापनाको अभियानमा लागेको छ,’ पहाडी भन्छन्, ‘एकपटक उन्मुलन भएपछि राणा शासन होस् वा पञ्चायत, फेरि दोहोरिएन । इतिहासले यही भन्छ, राजतन्त्रको पनि विधिवत दाहसस्कार भईसकेको छ ।’


 

प्रतिक्रिया दिनुहोस