धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प

सफल खबर संवाददाता

बुधबार, ११ बैशाख २०७६, ०६ : ४९
धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प

काठमाडौं । बुधबार विहानै दुईपटक भूकम्प गएको छ । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टर स्केलको र त्यसको ११ मिनेटपछि फेरी ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं लगायत यसको आसपासका क्षेत्रहरुमा महसुस गरिएको छ । विहानै गएको भूकम्पका कारण काठामाडौंमा मानसिहरु घर वाहिर निस्केका थिए ।

चार वर्ष अगाडी २०७२ साल वैशाख १२ मा गोरखा वारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो । त्यसैको सम्झानामा भूकम्प दिवस मनाउने तयारी भईरहदा वुधबार फेरि भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस