एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, १९ : १३
एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

काठमाडौं । एन आई सी एशिया बैंकले काठमाडौंको मनमैंजुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  

बैंकको तारकेश्वर नगरपालिका वडा नं ११ स्थित मनमैंजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिक कार्यालय ९प्रदेश न।३० का प्रमुख विकास खरेलले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ्घ पहुँच वृद्धि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे ।

कार्यक्रममा बैंकका प्रदेश ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस