पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो  'तिम्रो मेरो कथा' सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, १६ : १८
पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो  'तिम्रो मेरो कथा' सार्वजनिक

चितवन । पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’ सार्वजनिक भएको छ । विगत ८ वर्षदेखि विभिन्न संञ्चार माध्याममा आवद्ध रहेका भट्ट पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् । चितवनको विभिन्न रमणीय ठाँउहरुमा छाँयाकन गरिएको म्युजिक भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्युव च्यानलबाट मंगलवार विहान सार्वजनिक गरिएको छ । 

सुमन ढकाल र दिया के।सी फिचर्ड म्युजिक भिडीयोमा प्रेम र बिछोड देखाईको छ ।  ‘पाउन मात्र माया हैन, गुमाउनु पनि माया हो ।’ निर्देशक भट्टले भने, –‘हामीले त्यहि कुरालाई भिडियोमा देखाउन खोजेका हौं ।’ भिडियोको छांयाकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् । 


राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै संगीत दिएका हुन् । लक्ष्मण सिटौलाको शब्द रहेको गीतलाई मुम्वईमा रेकर्ड गरीएको हो ।

प्रतिक्रिया दिनुहोस