सरकार र कमल थापाको पार्टीवीच आज वार्ता हुँदै

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, ०९ : २९
सरकार र कमल थापाको पार्टीवीच आज वार्ता हुँदै

काठमाडौं । हिन्दू राष्ट्रको पुनःस्थापना र राजासहितको लोकतन्त्रको माग गदै आईरहेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सरकारले आज वार्ता गर्ने भएको छ ।

आज दिउँसो सिंहदरवारमा सरकारले उक्त पार्टीका वार्ता टोलीसँग वार्ता गर्न लागेको हो । राप्रपा राष्टवादी अहिले विभिन्न २२ सुत्रे माग राख्दै आन्दोलनमा छ । आन्दोलनमा उत्रेपछि सरकारले उसलाई वार्ताका लागि वोलाएको हो ।

आजको वार्तामा सरकारका तर्फवाट वार्ताको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले गर्नेछन् भने राप्रपाका तर्फबाट बरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा र राजेन्द्र लिङ्देन सहभागि हुनेछन् ।
राप्रपाले सोमबार मात्रै तीन सदस्यीय वार्ता समिति बनाएको थियो । सरकारले उनीहरुलाई आइतबार पत्राचार गरी वार्तामा वोलाएपछि उसले सोमबार वार्ता टोली वनाएको र आज वार्ता हुन लागेको हो ।
राप्रपाले  हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस