नेकपाका ६ जिल्ला सचिवले जिम्मेबारी अश्वीकार गर्ने

रौतहट, सिन्धुपाल्चोक, धनुषा, सर्लाही, धादिङ र रुपन्देहीका सचिवले जिम्मेवारी अश्वीकार गर्ने संकेत

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, ०८ : ५३
नेकपाका ६ जिल्ला सचिवले जिम्मेबारी अश्वीकार गर्ने

काठमाडौं । नेकपाका जिल्ला सचिवको नेतृत्ब पाएका आधा दर्जन नेताहरुले जिम्मेवारी अश्वीकार गर्ने भएका छन् । पार्टी केन्द्रीय समितिमा रहेका तर जिल्ला सचिवको पनि अहिले जिम्मेवारी पाएका ति नेताहरुले जिम्मेवारी अश्वीकार गर्ने बताउन थालेका छन् ।

आफुलाई जिल्ला सचिवको नेतृत्व दिएका जिल्लाका अध्यक्ष पार्टी केन्द्रीय समितिमा नभएपछि पदीय मर्यादाका आधारमा पनि सचिवको जिम्मेवारीमा वस्न नसकिने ति नेताहरुले वताउन थालेका छन् ।

नेकपाले सोमबार सार्वजनिक गरेको जिम्मेवारी अनुसार ८ जना केन्द्रीय सदस्यले जिल्ला सचिवको जिम्मेवारी पाएका छन् । त्यसमध्ये दुई जना सचिवको जिम्मा पाएका ठाउका अध्यक्ष पनि केन्द्रीय सदस्य नै रहेका कारण त्यहाँ भने समस्या देखिएको छैन ।

पार्टी केन्द्रीय सदस्य हुँदा हुदै पनि जिल्लाको पनि सचिवको जिम्मेवारीमा पाउनेहरुमा युवराज भटटराई (रौतहट), गोपी अछामी (मोरङ), श्रवण यादव (धनुषा), डाचाराज वाग्ले (सर्लाही), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाडौं) शालिकराम जम्मकटटेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) छन् । उनीहरु आठै जना नेता तत्कालिन माओवादी तर्फका नेता हुन् ।

यसमध्ये मोरङ र काठमाडौंमा अध्यक्ष र सचिव नै पार्टी केन्द्रीय सदस्य भएका कारण सचिवमा वसेर काम गर्न अप्ठायारे नपर्ने भएपनि अन्य ६ जिल्लाका सचिवलाई भने नैतिकताका आधारमा काम गर्न असहज हुने भएकोले पदीय जिम्मेवारी अश्वीकार गर्ने विषयमा छलफल शुरु भएको सचिवको जिम्मेवारी पाएका एक नेताले सफल खबरलाई बताए ।

मोरङका अध्यक्षका जिम्मेवारी पाएका विनोदप्रसाद ढकाल, केन्द्रीय समितिमा छन्। सचिव गोपी अछामी पनि केन्द्रीय समितिमा छन् । काठमाडौंका अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्मा दुवै जना केन्द्रीय समितिमा छन् ।

धादिङ अध्यक्ष भूमि त्रिपाठी केन्द्रीय सदस्य छैनन्, तर सचिव शालिकराम जम्मकटेल केन्द्रीय सदस्य छन् । उनी प्रदेश ३ को आन्तरिक मामिला तथा कानुनमन्त्री समेत छन् । रुपन्देही अध्यक्ष शिवराज सुवेदी केन्द्रीय सदस्य छैनन, तर सचिव दधिराम न्यौपाने केन्द्रीय सदस्य छन् ।  रौतहटका अध्यक्ष जिम्मा पाएका कमल यादव केन्द्रीय समितिमा छैनन । सचिव युवराज भटटराई केन्द्रीय समितिमा छन् ।
धनुषामा अध्यक्ष भएका राजकिशोर यादव केन्द्रीय समितिमा छैनन । तर सचिव जोगवर्वरिया यादव (श्रवण) केन्द्रीय समितिमा छन् । सर्लाहीमा अध्यक्ष जिम्मा पाएका रेवती पन्त केन्द्रीय सदस्य छैनन तर सचिव डाचाराज वाग्ले केन्द्रीय समितिमा छन् । त्यस्तै, सिन्धुपाल्चोकमा अध्यक्ष भएका झम्क नेपाल केन्द्रीय समितिमा छैनन तर सचिव दावा तामाङ केन्द्रीय सदस्य छन् ।

जिल्ला अध्यक्ष केन्द्रीय समितिमा नपरेका तर सचिब केन्द्रीय समितिमा परेपछि ६ नेताले जिम्मेवारी अश्वीकार गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस