नेकपामा अझै बन्न बाँकी छन् यी कमिटि

सफल खबर संवाददाता

मंगलबार, १० बैशाख २०७६, ०७ : ५२
नेकपामा अझै बन्न बाँकी  छन् यी कमिटि

काठमाडौं । एघार महिना लगाएर जिल्ला कमिटिको अध्यक्ष र सचिव चयन गर्दा नेकपाका शीर्ष नेताहरुले धेरै नै हाइसन्चो मानेको देखिन्छ । जिल्ला अध्यक्ष र सचिव चयन कठिन परेका नेताहरुलाई यो गाँठो फुकेपछि एकताको आधारभूत काम सकिएको महसुस भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्थापना दिवसको दिन विभिन्न कार्यदल वनाई अगाडी वढ्न खोज्यो झन गाठो पदै जाने, झन अगाडी वढ्यो झन गाठो पर्न थालेपछि पूरानै अवस्थामा फर्किएर शीर्ष नेताहरुले नै जिम्मा लिएर एकताको गाठो फुकाएको वताएका थिए ।

हुन पनि दाहालले भने झै जिल्ला तहको अध्यक्ष र सचिवको चयन पछि नेकपाले एउटा फलामको ढोका फोडेको छ । मुख्य गाँठो फुकाएको छ ।

तर अझै नेकपाले एकता प्रक्रिया भने सम्पूर्ण तहको टुंगो लगाईसकेको छैन । अव केन्द्रवाट प्रदेश कमिटिमा अध्यक्ष र सचिव टुंगो लागेको जिल्लाको सदस्यहरुको टुंगो लगाउने, सपथ खुवाउने र पार्टी वैठकहरु राखेर कार्ययोजनाहरु वनाउने जिम्मेवारी आएको छ ।

त्यसमाथी आगामी ८ महिनाभित्र जिल्ला अधिवशेन सम्म सम्पन्न गर्नुपर्ने दायित्व पार्टी सचिवालयले जिल्ला नेतृत्वलाई दिएको छ ।

यसो गर्दा जिल्लाले आफु मातहातको स्थानिय तहको एकताको काम पनि टुग्याउनवाकी छ । विगतमै जिल्ला तहमा वनेका कार्यदलले धेरै जसो जिल्लाका स्थानिय तहको एकताको मोटामोटी काम टुग्याएका छन् । वाकी स्थानिय तहको काम टुंगो लगाई तलैसम्म एकता गर्नुपर्ने दायित्व पनि अव जिल्ला कमिटिलाई गएको छ ।

यस अर्थमा नेकपाले पार्टी एकताको एघार महिनामा करिव ५० प्रतिशत एकताको काम
मात्र सकेको छ ।

अझै वाँकी छन्, ५० प्रतिशत कमिटि एकता
नेकपा नेताहरुले एकताको आधारभूत काम सकिएको वताएपनि अझै ५० प्रतिशत एकताको काम वाकी नै छ । केन्दीय निकायभित्रै चार तहको कमिटि फर्मेसनको विधान वनाएको नेकपाले अझै एक तहको कमिटि गठन गरेको छैन । अर्थात, नेकपामा सचिवाललय, स्थायी समिति , पोलिटब्यूरो र केन्द्रीय समितिको केन्द्य्रीय संरचनाको ब्यवस्था विधानमा छ ।

४४१ सदस्यीय केन्द्रीय समितिमा ९ जनाको सचिवालय, ४५ जनाको स्थायी समिति वनेको छ । अव केन्द्रीय समितिको एक तिहाई पोलिटब्यूरो गठन गर्न वाकी नै छ । १४७ सदस्यीय पोलिटब्यूरोका लागि तत्कालिन एमालेले ८१ र तत्कालिन माओवादी पक्षले ६६ जना लिने भागवन्डा शीर्ष तहमा करिव जुटेको छ ।

तर यो कमिटि अझै वन्न सकेको छैन । अव छिटटै यो कमिटि वन्ने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ । त्यस्तै, केन्द्य्रीय सदस्यहरुको कार्यविभाजन गर्नुपर्ने छ । पार्टी एकताको झण्डै एक वर्षसम्म एउटा मात्र पार्टी वैठकमा वसेका अधिकाशं केन्द्रीय सदस्यहरु भूमिका विहिन छन् । उनीहरुको कार्यविभाजन र पोलिटब्यूरो गठन सँग सागै गरिने नेताहरुले वताएका छन् । तर त्यो अझै हुन सकेको छैन ।

केन्द्य्रीय आयोगको गठन, केन्द्य्रीय सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्टिय परिषद मनोनयन, ३२ ओटा पार्टी केन्द्रीय विभागहरुको गठन (केन्द्रीय सदस्यहरुको कार्यविभाजनसागै जोडिएको विषय), विशेष प्रदेश कमिटि र गैह भौगोलिक जिल्ला कमिटिको गठन,  जनवर्गीय संगठनहरुको एकीकरण, प्रवास संगठन र सम्र्पक कमिटि एवं मञ्चहरुको एकीकरणका काम नेकपाले गर्ने वाकी छ ।

पार्टी विद्यानमा देखिएका समस्या समाधानका लागि गरिने विद्यान परिमार्जन वाकी छ। यस हिसावले अझै नेकपाका झण्डै पार्टी एकतासँग सम्वन्धित ५० प्रतिशत काम वाकी नै रहेको नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस