महालक्ष्मीविकास बैँकको शाखा सञ्जाल विस्तार

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १८ : ४०
महालक्ष्मीविकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडौं । महालक्ष्मीविकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सोमबारदेखि काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित कोटेश्वरमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ । उक्त शाखा सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९३ पुगेको छ । 

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस