अबको तीन दिन पनि चट्याङ, हावाहुरी र वर्षा

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, ०८ : १३
अबको तीन दिन पनि चट्याङ, हावाहुरी र वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ :

 बैशाख ०८ गते (आईतबार)
दिउँसोःदेश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी  सहित हल्का वर्षाको सम्भावना छ ।

 बैशाख ०९ गते (सोमबार)
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भू–भागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ, हावाहुरी  सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख १० गते (मंगलबार)
दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि  स्थानहरुमा तथा पश्चिमी भू–भागका एक दुइ स्थानहरुमा  मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस