कैलाशनगर माध्यामिक विद्यालयको स्वर्ण महोत्सव प्रचण्डले उद्घाटन गर्ने

शनिबार, ०७ बैशाख २०७६, १७ : ५८
कैलाशनगर माध्यामिक विद्यालयको स्वर्ण महोत्सव प्रचण्डले उद्घाटन गर्ने

चितवन । भरतपुर वडा नम्बर ५ स्थित कैलाशनगर माध्यामिक विद्यालय कैलाश नगरले विभिन्न कार्यक्रम गरी विद्यालयको स्वर्ण महोत्सव मनाउने भएको छ ।  वैशाख ७ गतेदेखि १२ गतेसम्म मनाउन लागिएको स्वर्ण महोत्सवको पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शनिबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ । 
विद्यायको स्तरोन्नतीका लागि प्रविधिक शिक्षासहितको माध्यमिक तह (११देखि १२) कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको छ । यस्तै हाल कक्षा ५ सम्म अंग्रेजी माध्य पढाई भइरहेको विद्यालयले महोत्सवपछि कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने व्यवस्था गर्न लागेको विद्यालयका प्रधानध्यापक रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्वर्ण महोत्सवको अवसरमा मोटरसाईकल ¥याली, कवि गोष्ठी, स्वर्ण स्तम्भको अनावरण लगायत विभिन्न साँकृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने प्रअ अधिकारीले जानकारी दिनुभयो । 
विद्यालयले थप भौतिक पूर्वाधार निर्माण गर्न राजनैतिक दल, संघदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरुसँग पहल थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठराज पौडेलले जानकारी दिनुभयो ।
विस २०२४ सालमा स्थापना भएको यस विद्यालयले ०६७ सालदेखि कक्षा १० को पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल ३ सय जना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । विद्यालयको करिब १ बिघा ७ कठ्ठा जग्गा रहेको छ । विद्यालयका नजिको दुरीमा अरु सामुदायिक विद्यालय रहेपनि विभिन्न संर्घषका बीच अगाडि बढ्दै यो अवस्थासम्म आइपुगेको अध्यक्ष पौडेलले बताउनुभयो । स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि ५० लाख रुपैयाँ बढी खर्च लाग्ने विद्यालयले अनुमान गरेको छ । 

प्रतिक्रिया दिनुहोस