काठमाडौं । पछिल्लो समय धेरै मानिस जिमतिर आकर्षित भएका छन् । शरीर सुगठित बनाउन मात्र नभएर स्वस्थ रहनसमेत जिमको आवश्यकता महसुस हुन थालेको छ । जिमका विभिन्न प्रकार छन् । तिनका लागि फरक–फरक समय हुन्छ । उक्त समयसम्म नियमित जिम गर्न अनिवार्य हुन्छ । जस्तोसुकै किसिमको जिम गर्न थाले पनि यसलाई निश्चित अवधिसम्म निरन्तरता दिनुपर्छ । तर, बीचैमा जिम छाड्दा निम्न समस्या आउन सक्छन् ।
-मोटोपन बढ्ने र शरीरमा सन्तुलन नमिल्ने आदि हुन सक्छ । यसर्थ, जिम बीचैमा छाड्नुपर्ने अवस्था आएमा प्रशिक्षकको सल्लाह लिन आवश्यक छ ।
-सधैँ जिम सेन्टरमा गएर मात्र जिम गनुपर्छ । अर्थात्, प्रशिक्षकको प्रत्यक्ष निगरानीमा मात्रै जिम गर्नुपर्छ । घरमा बसेर आफैँले यसको अभ्यास गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसमा पनि युट्युबमा हेरेर नक्कल गर्दा दुर्घटना हुने सम्भावना रहन्छ ।
-जिम सामग्रीको ब्यालेन्स नमिल्दा शरीर बांगिने, मेरुदण्डमा समस्या आउने, मांसपेशी च्यात्तिने, हड्डी तथा जोर्नीमा हानि पुग्ने हुन्छ । त्यसैले घरमै बसेर जथाभावी जिम गर्ने बानी त्याग्यौँ । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस