विप्लव समूहका जिल्ला सदस्य पक्राउ

बुधबार, ०४ बैशाख २०७६, १९ : २९
विप्लव समूहका जिल्ला सदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । 

मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । बिप्लवका भीमदत्तनगर सेक्रेटरी रघुवीर जोशी र कृष्णपुर नगर सेक्रेटरी रामदत्त भट्टलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । (रासस)
 

प्रतिक्रिया दिनुहोस