विप्लवका बझाङ सेक्रेटरीको घरमा भेटियो बन्दुक, गोली र पर्चा

सफल खबर संवाददाता

आइतबार, ०१ बैशाख २०७६, १५ : २४
विप्लवका बझाङ सेक्रेटरीको घरमा भेटियो बन्दुक, गोली र पर्चा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा हातहतियार फेला परेको छ । सचिव मल्ल मल्ल शुक्रबार पक्राउ परेका र्थि ।

खानतलासीका क्रममा मल्लको घरबाट फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेशजस्तो देखिने कालो पदार्थ, विद्युतीय तार १०।५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप ९सकेट० एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए । मल्लमाथि थप अनुसन्धानका क्रममा मल्लको घरमा खानतलासी गरिएको केसीको भनाइ छ ।

शुक्रबार दिउँसो ३ बजेतिर विथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकीबाट खटेको प्रहरीले मल्ललाई पक्राउ गरेको थियो । प्रक्राउ परेका मल्ल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा विथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकीबाट मल्ललाई प्रक्राउ गरेको थियो । कैलालीबाट घर आउँदै गरेको सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरिएको डीएसपी केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस