सरकारविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई देउवाको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०७५, १९ : २४
सरकारविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । 
सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे । 

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एक लौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएको प्रति उनले आपत्ति जनाएका थिए ।
 सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस