राप्रपाको हिन्दू राष्ट्र पुनःस्थापनामा २० लाख हस्ताक्षर सङ्कलन

शुक्रबार, २९ चैत्र २०७५, १५ : ४४
राप्रपाको हिन्दू राष्ट्र पुनःस्थापनामा २० लाख हस्ताक्षर सङ्कलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै करीब २० लाख हस्ताक्षर सङ्कलन गरेको छ । पार्टीले यही चैत १७ गतेदेखि चैत मसान्तसम्म देशभर सञ्चालन गरेको हस्ताक्षर अभियानमा सङ्कलन भएका ती हस्ताक्षर सरकारलाई बुझाइने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । 

यसअघि पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमत सङ्ग्रह, राष्ट्रिय अखण्डताको रक्षाको माग गरेको थियो । 

सुशासनका लागि भ्रष्टाचारको अन्त्य गर्न विसं २०४७ पछिका उच्चपदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरी आर्थिकरुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने सुझावसहित सरकारलाई ध्यानाकर्षण गराएको थियो । मागका पक्षमा जनमत सिर्जना गर्न विभिन्न तहमा सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि सञ्चालन गरेको प्रवक्ता पाठकले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस