बालुवाटार जग्गा प्रकरणमा पौडेल ठगिनुभयो, प्रम निवासको जग्गा किनबेच भएको छैन : सञ्चारमन्त्री

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०७५, १५ : ०६
बालुवाटार जग्गा प्रकरणमा पौडेल ठगिनुभयो, प्रम निवासको जग्गा किनबेच भएको छैन : सञ्चारमन्त्री

काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारस्थित प्रम निवासको जग्गा किनबेच नभएको स्पष्ट पारेका छन् । 
बिहीबार सञ्चारमन्त्रलयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले प्रम निवासको जग्गा किनबेच नभई ललिता निवासको जग्गा किनबेच भएको बताएका हुन् । 

उनले सार्वजनिक जगा प्रकरणमा महासचिव पौडेल ठगिएको बताए । ललिता निवासको नाममा रहेको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले किनेको हुँदा यसमा पौडेल दोषी नभएको मन्त्री बँस्कोटाले जानकारी गराए । 
उनले बालुवाटारको सार्वजनिक जग्गा व्यत्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताए ।  उनले सत्यतथ्य पत्ता लगाएर सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले आफ्नो नाममा ल्याउने दाबी गरे ।
मन्त्री बास्कोटाले सो जग्गाको विषयमा कोही दोषी छ भने सरकारले कसैलाई नछाड्ने बताए । उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख गर्दै महासचिव पौडेलले विज्ञप्ति मार्फतनै स्पष्ट पार्नुभएको छ’ उनले भने,‘उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित बन्नुभएको छ । त्यहाँ सर्वसाधारणले पनि जग्गा किनेका होलान्, यसलाई राजनीतिकरण गर्ने काम भयो ।’ मन्त्री बास्कोटाले सार्वजकि जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताए । मन्त्री बास्कोटाले भने, ‘सरकारी सम्पतिको रक्षा गर्नु नै सरकारको दायित्व हो, सरकारले अहिले जग्गा रोक्का गरेको छ । नेकपाका महासचिवले जग्गा किन्नु नै संलग्नता होला र रु उहाँलाई त झुक्याइएछ ।’ 

बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएको र अध्ययन भैरहेको मन्त्री बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस