देश धनी भएमात्रै नेपाली धनी हुन्छौं : प्रचण्ड

विहीबार, २८ चैत्र २०७५, १३ : १६
देश धनी भएमात्रै नेपाली धनी हुन्छौं : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देश धनी भयो भने धनी नेपाली भनेर विश्वले चिन्ने र सम्मान गर्ने बताउनु भएको छ ।
बिहीबार चितवनको भरतपुर महानगरपालिका–४ लंकूमा जेम्स वल्र्ड फन पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जति सुकै धन कामाए पनि देश गरिब छ भने नेपाली गरिब नै भनेर चिनिने उल्लेख गर्नुभयो । ‘एउटा मान्छे धनी भएर देश धनी हुन सक्दैन,उहाँले भन्नुभयो,‘थोरै गरिब भयो भनेपनि देश धनी भयो भने धनी नेपाली भनेर विश्वले चिन्छ, सम्मान गर्छ । नेपाली धनी बन्न देश धनी हुनुपर्छ ।’


अध्यक्ष प्रचण्डले सरकारको मुख्य एजेण्डा विकास र समृद्धि भएकाले नेपाली जनताले देशमा उत्पादन वृद्धि र रोजगारीको सिर्जना होस् भन्ने चाहेको बताउनुभयो । 
‘जनताले देशमा आर्थिक विकासको नयाँ युग चाहेका छन्,उहाँले भन्नुभयो,‘देशमा रोजगारीको सिर्जना होस् र देशमै फर्किएर उन्नती गर्न पाईयोस् भन्ने विदेश गएका नेपालीको चाहाना छ । त्यसै अनुसार यो सरकार अघि बढेको छ ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकार र नेकपाले संवैधानिक, कानुनी पूर्वाधार तयार गर्ने कुरा र विकास र समृद्धिलाई अगाडि लैजाने कुरामा निरन्तर मिहिनेत गरिरहेको जानकारी दिनुभयो । 
उहाँले देशको विकास र समृद्धि सहमति र सहकार्यबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो । ‘मैले संसदमा पहिलो पटक प्रदेश र सघंको निर्वाचनपछि भनेको थिए, उहाँले भन्नुभयो,‘नेपालमा जे जति राजनीतिक परिवर्तन र राजनीतिक स्थायीत्वको स्थीती बनेको छ, त्यो राष्ट्रिय सहमतिबाटै बनेको छ । राजनीतिक सहमतिले मात्रै हामीले ठुला–ठुला परिवर्तन गर्न सकेका हौँ ।’

उहाँले मुलुलकमा भएका पञ्चायत विरोधी अन्दोलन, ०६२/६३ को जनअन्दोलन, शान्ति सम्झौता, शान्ति प्रकृया, अहिलेको संघिय गणतन्त्र पनि राष्ट्रिय समझदारी र सहमतिबाटै बनेको उहाँको भनाई छ । उहाँले वर्तमान सरकार नेपाली कांग्रेससँग सहकार्य र सम्झदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न चाहेको बताउनुभयो । अबको दश वर्षभित्र देशमा समृद्धिका ठुल–ठुला रेकर्डहरु बन्ने उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुक अहिले अप्ठारो अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । अहिलेको सरकार र नेपाली कांग्रेस सँगैसँगै हिडेँ साथमा लिएर गएमात्र मुलुकमा समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस सधै सकारात्म प्रतिपक्षको भूमिका खेल्न चाहेको बताउनुभयो । अहिलेको सरकार कता कता रुमलिरहेको आभाष भइरहेको उहाँको भनाई थियो । एक वर्ष बितिसक्दा पनि देशमा विकासको कुनै पनि रुप रेखा नदेखिएको आरोप लगाउनुभयो । उहाँले प्रचण्डको नेतृत्वमा देशले परिवर्तन र समृद्धितर्फ जाओस् भन्ने नेपाली कांग्रेसले चाहेको बताउनुभयो ।
कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रदेश सांसद एवम् जिल्लाका पार्टी प्रतिनिधिहरुको उपस्थििति रहेको थियो 

प्रतिक्रिया दिनुहोस