बालुवटारमा काँग्रेस केन्द्रीय समिति बैठक जारी रहँदा, भक्तपुरमा जिल्ला सभापतिहरुको गोप्य बैठक

शुक्रबार, ०५ माघ २०७४, १३ : ४६
बालुवटारमा काँग्रेस केन्द्रीय समिति बैठक जारी रहँदा,  भक्तपुरमा जिल्ला सभापतिहरुको गोप्य बैठक

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति वैठक दुई दिनदेखि वालुवाटारमा जारी रहेको समयमा प्रदेश नम्वर ३ का केहि जिल्ला सभापति भने गोप्य बैठकमा जुटेका छन् ।

प्रदेश नम्बर ३ अन्तर्गतका नुवाकोट, काभ्रे, रसुवा, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर  र दोलखाका जिल्ला सभापतिहरुको गोप्य भेला भक्तपुरमा बसिरहेको वताइएको छ । प्रदेश नम्बर तीन अन्र्तगतका धादिङ, चितवन र मकवानपुरका सभापतिहरु भने बैठकमा सहभागि नभएको वताइएको छ ।
 
श्रोतका अनुसार सरकारले तीन दिनअघि घोषणा गरेको प्रदेश मुकाम र प्रदेश प्रमुखको नियुक्तिलाई लिएर काँग्रेस भित्रै असन्तुष्टि चुलिएपछि पार्टी सभापतिहरुले गोप्य भेला डाकेका हुन् ।

सरकारले तीन नम्वर प्रदेशको अस्थायी मुकाम हेटौँडालाई बनाएपछि सभापतिहरुमा असन्तुष्टि थप चुलिएको हो । चर्चामा रहेका भक्तपुर र काभ्रेलाई वेवास्ता गर्दै कमल थापाको जोडमा मुकाम हेटौँडा पुगेपछि बिहिबारको केन्द्रीय समितिको बैठकमा पनि केहि सदस्यले विरोध जनाएका थिए ।

हेटौडामा बनाइएको प्रदेश राजधानीप्रति विमति जनाउनका साथै साझा धारणा तय गर्न जिल्ला सभापतिहरुको बैठक वसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस