रहेनन् पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छा

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०७५, ११ : ३९
रहेनन् पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छा

काठमाडौं । पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । गोल्छाको मंगलबार राति भारतमा उपचारको क्रममा उनको निधन भएको हो ।

नेपालमा खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योगको स्थापना गर्ने उद्योगी गोल्छा  २०६४ सालमा नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए । 

भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार राति साढे १२ बजे उनको निधन भएको हो । उनी एक वर्षदेखि किड्नीको बिरामी थिए । उनको अग्रसरतामा २४ वटा उद्योग स्थापना भएका थिए । उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस