सात सय घर धुरीलाई पूर्वमन्त्री प्रभु शाहद्वारा निःशुल्क ग्यास सिलिन्डर वितरण

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, १९ : १२
सात सय घर धुरीलाई पूर्वमन्त्री प्रभु शाहद्वारा निःशुल्क ग्यास सिलिन्डर वितरण

- सन्जय सहनी
रौतहट । मन्त्री एवं रौतहट क्षेत्र ३ का सांसद प्रभु शाहले आफ्नो क्षेत्रको जनतालाई निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण गरेका छन् ।

क्षेत्रलाई धुँवारहित बनाउनको लागि प्रदेश नम्बर दुइका नेकपा अध्यक्ष समेत रहेका शाहले त्यस क्षेत्रका सात सय घर धुरीलार्इ ग्यास चुल्हो र सिलिन्डर अनि त्यसमा लाग्ने उपकरण निःशुल्क वितरण गरेका हुन् । सोमबार गरुडा नगरपालिकाको शिवनगर चोकमा आयोजित एक कार्यक्रमकाबीच  नगरपालिकको  वाड- ५ अन्र्तगत लक्ष्मीपुर, अमरपटी, शिवनगरका स्थानीय वासिन्दाहरुले नेता शाहको हातबाट ग्यास सिलिन्डर तथा चुल्हो पाएपछि हर्सित र खुसी भएका थिए । चुनाव जीतेपछि ग्यास सिलिन्डर दिने स्थानीय समक्ष नेता शाहले बाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस