चितवनमा विद्युतीय सुरक्षा दिवस : कार्यक्रममा सुन्नेभन्दा सुनाउने नै बढी

मंगलबार, २६ चैत्र २०७५, १७ : ०५
चितवनमा विद्युतीय सुरक्षा दिवस : कार्यक्रममा सुन्नेभन्दा सुनाउने नै बढी

भरतपुर । मंगलबार चितवन लगायत देशभर विभिन्न कार्यक्रम गरी विद्युतीय सुरक्षा दिवस मनाइएको छ । दिवसकै अवसरमा नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र भरतपुरले पनि जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा विद्युत कार्यालयका ४० बढी कर्मचारी, केही प्रशासनका कर्मचारी, ५ जना वडा अध्यक्ष, प्रशिक्षणकर्ता र पत्रकारको मात्र उपस्थित थियो । सुरक्षा दिवसमा विषेशगरी विद्युतको बारेमा जानकारी नभएका उपभोक्तालाई विद्युतीबाट कसरी सुरक्षित रहन सक्छ भन्ने बारे बुझाउनु पथ्र्यो । तर उक्त कार्यक्रममा सुन्नेभन्दा सुनाउनेको मात्र उपस्थिति रहेको थियो । कार्यक्रम हलमा आधाभन्दा बढी कुर्सीहरु खाली नै देखिन्थे । कार्यालयले आफ्ना उपभोक्तालाई विद्युतिय सुरक्षासम्बन्धी ज्ञान दिनभन्दा पनि झारा टार्ने काम गरेर दिवस मनाएको छ । कार्यक्रममा गृहिणी, विद्युत व्यवसायी, इलेक्ट्रेसियन तथा सरोकारवाला आउनु पर्ने भएपनि विज्ञहरु मात्रै उपथिस्त भएका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि रहेका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सम्बोधनमा भने मलाई त्यती धेरै टेक्निकल कुरा आउदै, म भन्दा तपाइहरु बुझ्ने हुनुहुन्छ ।
‘कार्यक्रममा मैले सुन्नेभन्दा सुनाउने नै बढी देखेँ, उनले भने,‘बुझेकालाई भन्दा नबुझेकालाई कार्यक्रममा सहभागी गराउन पाएको भए राम्रो हुन्थ्यो । विद्युतको पोलमा अन्य तारहरुको गुजुल्टो धेरै भयो भनेर प्रशासनमा आएको छ । समस्या समधानमा वितरण केन्द्र गम्भीर हुनुप¥यो ।’

नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र भरतपुरका प्रमुख सुरेशकुमार महतोले कार्यक्रम १ दिनअघि मात्र तय गरिएकाले सबैलाई समेटन नसकिएको बताए । उनले भने २९ वटा वडाका अध्यक्ष, चितवन उद्योग संघ, भरतपुर महानगरपालिका लगायत सबै सरकारी कार्यालयमा खबर गरेपनि उहाँहरु आउनु भएन ।

कार्यक्रममा उपभोक्ताहरुलाई खबर गर्नुपर्ने भएपनि खबर गर्न नभ्याइएको बताए । नेपालमा १ वर्षको अवधीमा करेण्ट लागेर ९ जनाले ज्यान गुमाएको विद्युत प्रधिकरणको तथ्याङक छ । त्यस्तै चितवनमा पछिल्लो ७ वर्षमा भरतपुरमा ५ जना मानिस, १ चौपाय  र रत्ननगरमा १ मानिस, एक चौपायको मृत्यु भएको प्रधिकरणले जनाएको छ । 

 
 

प्रतिक्रिया दिनुहोस