माधव कुमार नेपाललाई आज डिस्चार्ज गरिने

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, १३ : २२
माधव कुमार नेपाललाई आज डिस्चार्ज गरिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाललाई डिस्चार्ज गरिने भएको छ । खोकी र ज्वरोले च्यापेपछि नेता नेपाल विगत तीन दिनअघि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
तीन दिनको उपचारपछि नेता नेपालको आज (मंगलबार) डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।  

प्रतिक्रिया दिनुहोस