राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष थापा केहीबेर नियन्त्रणमा

सफल खबर संवाददाता

सोमबार, २५ चैत्र २०७५, १९ : ०४
राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष थापा केहीबेर नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।  हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै  सोमबार रत्नपार्कदेखि पद्मोदय मोडसम्म गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।  
सो क्रममा राप्रपाका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा  लगायत रहेका थिए । 

प्रतिक्रिया दिनुहोस