बारा र पर्सामा आएको सामान्य हुरी होइन, ‘टोर्नाडो’ भएको पुष्टि

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०७५, १३ : ५०
बारा र पर्सामा आएको सामान्य हुरी होइन, ‘टोर्नाडो’ भएको पुष्टि

चितवन । एक साताअघि बारा र पर्सा जिल्लामा हावाहुरीको जुन वितण्डा देखियो, त्यो सामान्य हुरी नभई ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । 
जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले गरेको अध्ययनले बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि गरेको हो ।  बैज्ञानिकहरुको अनसार ‘टोर्नाडो’ सुनामीजत्तिकै शक्तिशाली हुन्छ । 
जल तथा मौसम विज्ञान विभागका प्रमुख सुर्जकुमार वैद्यका अनुसार दुवै संस्थाका वैज्ञानिक टोलीले सेन्सेस्नल भू–उपग्रहबाट प्राप्त रेजुलेसनका तस्बिर अध्ययनबाट ‘टोर्नाडो हुरी’ भएको पत्ता लगाइएको थियो । 
बारा–पर्सामा हुरीबाट २८ जनाको मृत्यु भएको थियो । पाँच सयभन्दा धेरै घाइते भएका थिए । १ हजार ३ सय घर भत्किएको प्रारम्भिक विवरण छ ।
के हो टोर्नाडो ? कसरी आउँछ ?
टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ । जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ । बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् । 
सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।
 

प्रतिक्रिया दिनुहोस