स्थगित भएको मातृभूमि कम चैत ३० गतेबाट हुने

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०७५, १३ : १९
स्थगित भएको मातृभूमि कम चैत ३० गतेबाट हुने

चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि  कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सुचना सार्बजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भईरहेको छ । मंगलबारदेखी पुन कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।
प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस