भरतपुर मेट्रो कप : कैलाश युथ क्लव विजयी

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०७५, १९ : २९
भरतपुर मेट्रो कप : कैलाश युथ क्लव विजयी

चितवन । कैलाश युथ क्लब भरतपुर ११ कैलाश टोलको आयोजनामा जारी दोस्रो प्रदेश स्तरीय नब जागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगितामा आज १ खेल सम्पन्न भएको छ । आज सम्पन्न खेलमा आयोजक कैलाश युथ क्लव बिजयी भएको छ ।

कैलाश युथ क्लब को खेल मैदानमा भएको खेलमा आयोजक कैलाश युथ क्लवले रामनगरलाई १-० ले पाखा लगायो । निर्धारित समयको खेलको ५०औं मिनेटमा कैलाश युथ क्लवका जर्सी नं १५ का राधे चौधरीको सानदार पास मा जर्सी नं १२ का सरोज अधिकारीको उत्कृष्ट हेडिङ्मा गोल भएको थियो । 
आजको खेलको म्यान अफ दि म्याच कैलाश युथ क्लवका जर्सी नं ३ का मनोज विष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस