सद्भाव कायम राख्न चितवन उद्योग संघका पूर्व पदाधिकारीबीच छलफल

शनिबार, २३ चैत्र २०७५, १९ : १६
सद्भाव कायम राख्न चितवन उद्योग संघका पूर्व पदाधिकारीबीच छलफल

भरतपुर । शनिबार चितवन उद्योग संघका पूर्व कार्यसमिति र सम्बद्ध अन्य समितिका पदाधिकारी, सदस्यहरुको सामुहिक क्लब गठन गरी उहाँहरुसँग नियमित सम्पर्क, सद्भाव कायम राख्न र संघको वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यले पूर्व कार्यसमितिहरुको भेला सम्पन्न भएको छ । 

चितवन उद्योग संघ पूर्व कार्यसमिति क्लबका संयोजक एवं गभर्निङ काउन्सिलका सह–संयोजक हरिप्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न भेलामा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकारको विशेष उपस्थिति रहेको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले संघले हाल सञ्चालनमा ल्याएको परियोजना र भावी योजनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । 

भेलामा चितवन उद्योग संघका गभर्निङ काउन्सिलका सदस्य एवं पूर्वअध्यक्ष वामदेव खनाल, संघका पूर्वअध्यक्ष खिमलाल भण्डारी, पूर्वअध्यक्ष एवं भेला आयोजक कमिटीका सदस्य गुणाकर खरेल, गभर्निङ काउन्सिलका संयोजक एवं पूर्वअध्यक्ष ताराप्रसाद पौडेल, गभर्निङ काउन्सिलका सदस्य, पूर्व अध्यक्ष मण्डलका सह–संयोजक एवं पूर्व अध्यक्ष सोमराज मरहट्टा, निर्वतमान अध्यक्ष भीमबहादुर पाण्डे, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, चितवन औद्योगिक साकोसका अध्यक्ष एवं संघका उपाध्यक्ष त्रिलोचन कँडेल, संघका उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे, प्रतिभा श्रेष्ठको उपस्थिति रहेको थियो । 

त्यस्तैगरी भेलामा संघका वर्तमान कार्यसमिति सदस्यहरु बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, गजेन्द्र अधिकारी, जीतबहादुर हमाल, राशी लामा, गोपालप्रसाद गैरे, प्रकाशचन्द्र भट्टराई, महिला उद्यमी मञ्चका वर्तमान संयोजक रिता ढकाल, महिला उद्यमी समितिका पूर्वसभापतिहरु सरिता पौडेल, पवित्रा जोशी, सुमित्रा पौडेल, तारादेवी काफ्ले, पार्वती कँडेल लगायत संघमा २०४७ सालदेखि हालसम्मका विभिन्न जिम्मेवारी पदमा रहनुभएका पदाधिकारी, सदस्य, पूर्व कार्यसमितिका सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रमका सभापति एवम् पूर्व कार्यसमिति क्लबका संयोजक हरिप्रसाद सुवेदीले भेलाको उद्देश्यसहित स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा पूर्व अध्यक्षहरुलाई वर्तमान अध्यक्षबाट र पूर्व कार्यसमितिका पदाधिकारी, सदस्यहरु, पूर्व महिला उद्यमी समितिका सभापति एवं सदस्यहरुलाई वर्तमान बरिष्ठ उपाध्यक्ष एवं उपाध्यक्षहरुले गम्छाद्वारा स्वागत गर्नुभएको थियो । भेलाको संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्षले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस