आमा आयुर्वेदको स्वास्थ्य शिविरबाट १ सय २१ जना लाभान्वित

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०७५, १८ : ५१
आमा आयुर्वेदको स्वास्थ्य शिविरबाट १ सय २१ जना लाभान्वित

चितवन । आमा आयुर्वेद सेवा प्रालि पुलचोकले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । सेवा प्रालिले आयुर्वेद परिसरमा शनिबार विहान ९ बजेदेखि साँझ ६ बजेसम्म शिविर सञ्चालन गरेको थियो । शिविरमा ६४ जना महिला र ५७ जना पुरुष गरी १२१ जनाले सेवा लिएका छन् ।

आयुर्वेदका निर्देशक दिनेश श्रेष्ठका अनुसार आमा आयुर्वेद सेवा प्रालिमा चितवन लगायत आसपासका जिल्लाहरुबाट सेवा लिन आएका थिए । आयुर्वेद विशेषज्ञहरुबाट स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको आयुर्वेदका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । 

शिविरमा पेट, मानसिक, छाला, यौन, नाँक, कान, घाँटी हाडजोर्नी, नशा, मलद्धार, स्त्री तथा प्रशुती, श्वास प्रश्वास, सुगर, प्रेसर, थाइराइड लगायतका रोगहरुको स्वास्थ्य चेक जाँच गरिएको निर्देशक श्रेष्ठले बताए ।

त्यस्तै शिविरमा सुगरको निःशुल्क ल्याव परीक्षण पनि गरिएको थियो । शिविरमा निःशुल्क फ्रेस जमराको जुस खाने व्यवस्था पनि मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस