भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

एजेन्सी

शनिबार, २३ चैत्र २०७५, १५ : ५८
भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

उडिसा । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गर्नुभएको छ ।
शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाँले काँग्रेसको नाम उल्लेख नगरी भन्नुभयो, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”
काँग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताउनु भयो । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उहाँले स्मरण गर्नुभयो ।
आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाई छ ।  (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस