चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

सोमबार, १८ चैत्र २०७५, १९ : १५
चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

बेइजिङ । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । 

मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ । 

अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । 
आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् । 

स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो । 
घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेका छन् । 
शवहरुको पहिचान गरी उनीहरुका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस