आठौं राष्ट्रिय खेलकुद वैशाखमा हुने

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, १९ : ०५
आठौं राष्ट्रिय खेलकुद वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो ।  शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको हो ।

प्रतिक्रिया दिनुहोस